Responsive Ad Slot

latest

‘दलहरूकै सल्लाहामा सरकार हुन्छ’

Saturday, March 16

/ by Unknown
काठमाडौं, ३ चैत्र/ दलहरूकै सल्लाहमा प्रधानन्याधीश नेतृत्वको सरकार सञ्चालन हुने एकीकृत माओवादीले विश्वास व्यत्त गरेको छ ।सरकार गठनका क्रममा प्रधानन्याधीशले दलहरूकै सल्लाहालाई आधार मानेर निर्णय गर्ने बताएको भन्दै उसले पत्रकार सम्मेलन मार्फत बर्तमान सरकारले एकलौटी अगाडि नबड्ने विश्वास व्यत्त गरेको हो ।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नी सापकोटाले सरकारले संवैधानिक निकायमा रहेको रिक्तता पूर्ति गर्न अध्यादेश पठाइसकेकोले अब चाँडौ रित्त संवैधानिक निकायमा पद पूर्ति हुने बताउनुभयो ।सापकोटाले चुनावी सरकारलाई सल्लाह दिन गठन गरिने उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रमुख चार राजनीतिक शक्तिको मात्र सहभागिता रहने जानकारी दिनुभएको छ । संयन्त्रमा ११ बुँदे सहमतिमा हस्ताक्षरकर्ता दलहरूमात्रै रहने सापकोटाको भनाइ छ ।उहाँले चार दलले बुहमतको प्रतिनिधित्व गर्ने भएकाले साना दलले विरोध गरेर चुनाव नबिथोलिने र असारमै निर्वाचन सफल हुने बताउनुभयो । साना दलहरूले बिरोध गर्नुको तुक नभएको समेत सापकोटाको भनाइ छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI