Responsive Ad Slot

latest

भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न

Saturday, March 16

/ by Unknown
भरतपुरमा  रक्तदान कार्यक्रम सम्पन्न
चैत ३ । रोट्य्राक्ट क्लव अफ भरतपुर , रोटरी क्लव अफ भरतपुर र इनर विल क्लव अफ भरतपुरको संयुक्त आयोजनामा भरतपुरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रोट्य्राक्ट क्लव अफ भरतपुरका अध्यक्ष धिरेन्द्र पटेल , रोटरी क्लब अफ भरतपुरका प्रेसिडेन्ट नोमिनी हरि देवी शर्मा , इनर विल क्लवका प्रेसिडेन्ट गंगा सापकोटाको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन रोट्य्राक्ट क्लव अफ भरतपुरका अध्यक्ष धिरेन्द्र पटेलले गर्नु भएको थियो । कार्यक्रममा ५ महिला सहित ७४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमको संयोजन रोट्य्राक्ट क्लव अफ भरतपुरकी सदस्य अरुणा आचार्यले गर्नु भएको थियो ।


Don't Miss
© all rights reserved
made with by netKUTI