Responsive Ad Slot

latest

चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ आज भिड्ने

Tuesday, March 19

/ by Unknown
चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ आज भिड्ने
६ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आज घरेलु फुटबलका दुई महारथी चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब भिड्ने छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ६ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा आज घरेलु फुटबलका दुई महारथी चिरप्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लब भिड्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे ३ बजेपछि हुने खेलमा दुबै टोली जितको खोजीमा हुनेछ । आज मनाङलाई पराजित गर्न सके थ्रीस्टारले ७५ लाख पुरस्कार राशीको सुपर लिग जित्ने लगभग पक्का हुनेछ भने मनाङ विजयी भएमा उपाधी होड खुला हुनेछ ।
रातो कार्डका कारण फ्रेण्ड्सविरुद्धको खेल गुमाएका मनाङका कप्तान अनिल गुरुङ आज खेल्नेछन् भने एनआरटीविरुद्धको खेलमा रातो कार्ड पाएका थ्रीस्टारका डिफेण्डर सन्दिप राई बेच्नमा हुनेछन् ।
पहिलो चरणमा भएको भेटमा थ्रीस्टार १–० ले विजयी भएको थियो । लिगमा ४ खेल खेल्न बाँकी छँदा लिग लिडर थ्रीस्टारको ३८ अंक छ भने दोस्रो स्थानमा रहेको मनाङ मस्र्याङ्दीको ३३ अंक छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI