Responsive Ad Slot

latest

संवैधानिक परिषद्ले पूर्णता पाउने

Tuesday, March 19

/ by Unknown


काठमाडौं, ६ चैत/ संवैधानिक परिषद्को नियुक्तिका लागि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
मन्त्रिपरिषद् विस्तार भएपछि अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा आज संवैधानिक परिषद् गठन गर्ने तयारी गरिएको हो । आज गठन हुने संवैधानिक परिषद्ले त्यसको प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ ।

संवैधानिक परिषद्मा प्रमुख तीन दलले सिफारिस गरेका तीनजना मन्त्री रहनेगरी विस्तार गर्न लागिएको छ । यसअघि प्रधानमन्त्रीले तोकेका फरक–फरक दलका तीन मन्त्री रहने व्यवस्थालाई परिमार्जन गरी अन्तरिम मन्त्रिपरिषद्ले तोकेका मन्त्रिपरिषद्का तीन सदस्य बनाइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा, प्रधानन्यायाधीश र तीन मन्त्रीसहितको पाँच सदस्यीय संवैधानिक परिषद्ले पूर्णता पाएपछि आजबाटै संवैधानिक नियुक्तिको प्रक्रिया अगाडि बढ्नेछ ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI