Responsive Ad Slot

latest

फेवातालमा बेपत्ताको शव भेटियो

Tuesday, March 19

/ by Unknown

पोखरा, चैत ६ – फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका बागलुङ पैयुँथन्थापका २१ वर्षीय सुरज थापाको शव भेटिएको छ ।सोमबार पाँच जना चढेको डुंगा पल्टिँदा बेपत्ता भएका थापाको खोजी गर्दा प्रहरीले मंगलबार बिहान तालको किनारमा शव फेला पारेको हो ।डुंगामा सवारमध्ये चार जनाको भने सोमबार नै उद्दार गरिएको थियो । डुंगा जालमा अड्किएर पल्टिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । डुंगा पल्टिएपछि दुई जनालाई विदेशी पर्यटकले पौडेर उद्दार गरेका थिए भने अरु दुई जनालाई डुंगाचालकहरुले बचाएका थिए ।डुंगामा सवार सबै लेकसाइडको ड्रागन आई डान्सबारमा कार्यरत रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI