Responsive Ad Slot

latest

शेखर धवनको सतकीय पारीको मद्दतमा तेश्रो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन

Saturday, March 16

/ by Unknown
शेखर धवनको सतकीय पारीको मद्दतमा तेश्रो टेष्टमा भारतको उत्कृष्ट प्रदर्शन
चैत ३ । शेखर धवनको सतकीय पारीको मद्दतमा अष्ट्रेलिया विरुद्धको तेश्रो टेष्टमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । आज तेश्रो दिन आफ्नो पहिलो पारी शुरु गरेको भारतले दिनको खेल सकिदा विना कुनै विकेट गुमाएर २ सय ८३ रन बनाएको छ । धवनले आफ्नो पहिलो सतकमा नै सबै भन्दा कम बलमा सतक प्रहार गर्ने रेकर्ड समेत राखेका छन । उनले ८६ बलमा २१ चौका सहित सतक पुरा गरेका हुन । धवन ३३ चौका र २ छक्का सहित १ सय ८५ रन बनाएर क्रिजमा रहेका छन । उनलाई १० चौका र २ छक्काका साथ ८३ रन सहित मुरली विजयले साथ दिइरहेका छन ।  
यस अघि पहिलो पारीमा अष्ट्रेलियाले ४ सय ८ रन बनाएको छ । ७ विकेटको नोक्सानीमा २ सय ७३ रनबाट आज तेश्रो दिनको खेल शुरु गरेको अष्ट्रेलियाले ४ सय ८ रन बनाउदा अल आउट भयो । मिचेल स्ट्रकले १ रनले शतक पुरा गर्न सकेनन । यस्तै  स्टेफेन स्मिथ ९२ , डेभिड वार्नरले ७१ , इड कोनले ८६., ब्राड हेडिनले २१ रन बनाए । भारतका इसान्त शर्मा र रविन्द्र जडेजाले समान ३÷३ विकेट लिए भने रविचन्द्र अश्विन र प्रज्ञान ओझाले २÷२ विकेट लिए ।
पहिलो दिनको खेल वर्षाका कारण स्थगीत भएपछि हिजो दोश्रो दिनबाट खेल शुरु भएको थियो । ४ टेष्टको म्याचमा भारतले २ टेष्ट जित्दै श्रृंखलामा २ शुन्यको अग्रता लिइसकेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI