Responsive Ad Slot

latest

इंग्लिश प्रिमियर लिगमा आज ६ खेल

Saturday, March 16

/ by Unknown
इंग्लिश प्रिमियर लिगमा आज ६ खेल

काठमाडौं, चैत्र ३ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आज ६ खेल हुँदैछन् । साँझ एभर्टनले आफ्नै मैदानमा म्यानचेष्टर सिटीको सामना गर्दैछ । त्यसैगरी राति एस्टन भिल्लाले आफ्नै मैदानमा क्विन्स पार्क रेन्जर्स क्यूपिआरको, साउथह्याम्पटनले लिभरपुलको, स्टोक सिटीले वेष्ट ब्रोमको तथा स्वान्सीले आर्सनलको सामना गर्दैछ ।

त्यसैगरी मध्यरातमा म्यानचेष्टर युनाइटेडले आफ्नै मैदानमा रिडिङ्गको सामना गर्दैछ । म्यान युका नेमान्जा भिडिक् र रविन भान पर्सी मैदानमा आउन सक्ने अपेक्षा गरिएको छ ।


तालिकामा लिग लिडर म्यानचेष्टर युनाइटेडको ७१ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ५९ अंक छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI