Responsive Ad Slot

latest

आमरण अनसनमा बसेकी भुसाल बोल्न नसक्ने अवस्थामा

Saturday, March 2

/ by Unknown

काठमाडौं, फागुन १९ - स्थानीय निकायमा भएको भ्रष्टाचार रोक्न र संलग्नलाई कारवाहीको माग गर्दै अनसनमा बसेकी शारदा भुसाल झाको स्वास्थ्य अवस्था थप कमजोर भएको छ ।९ दिनदेखि काठमाडौंको शान्तिबाटिकामा आमरण अनसनमा बसेकी भुषाल उठ्न नसक्ने र बोल्न पनि कठिन हुने अवस्थामा पुग्नुभएको उहाँकी सहयोगी संगीता थापाले जानकारी दिनुभयो ।माग पूरा नभएसम्म अनसन नछोड्ने भुसालले बताउनुभएको छ । मागबारे सरकारले चासो नदिएको उहाँको आरोप छ ।महोत्तरीका विभिन्न गाविसमा भएको अनियमितता छानबीनको माग गर्दै भुसालले आमरण अनसन थाल्नुभएको हो । डेढ वर्षअघि पनि भुसाल अनसनमा बस्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI