Responsive Ad Slot

latest

नेपाल र नर्थन मारियाना भिड्ने

Saturday, March 2

/ by Unknown

९ फागुन, काठमाडौं । काठमाडौंमा आजबाट सुरु हुने एएफसी च्यालेन्ज कप छनौट फुबटलमा घरेलु टोली नेपालले नौलो प्रतिद्वन्दी नर्थन मारियाना आइल्याण्डसंग भिड्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेलमा नेपाल तुलनात्मब रुपमा कमजोर मानिएको नर्थन मारियानाविरुद्ध जितको खोजीमा हुनेछ ।च्यालेन्ज कपको अन्तिम चरण छनोटको सम्भावना जिवितै नर्थन मारियानाविरुद्ध फराकिलो जित निकाल्नु पर्ने दबाव नेपाली टोलीमाथि छ । पहिलो पटक च्यालेन्ज कप खेल्न लागेको नर्थन मारियानालाई सरप्राइज टोलीका रुपमा हेरिएको छ । कलेजका विद्यार्थीहरुको बाहुल्यता रहेको उसको टोलीले १४ वर्षमा एउटा पनि खेल जित्न सकेको छैन् ।तर, गोलको अवसर सिर्जना गर्न नसक्नु, पाएको मौकामा पनि गोल नगर्ने र आफ्नै गल्तीमा गोल खाने नेपाली टोलीको समस्यामा सुधार नल्याउने हो भने नर्थन मारियाना पनि नेपालका लागि बाधक नबन्ला भन्न सकिन्न । पछिल्लो पटक सन् २०११ को डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएयता नेपाल जितविहीन छ । यसअघि २ बजेपछि हुने खेलमा भने दुई बलिया टोली प्यालेस्टाइन र बंगलादेश भिड्ने छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI