Responsive Ad Slot

latest

तनहुँ र गोरखामा २२ वटा सवारी साधन कारबाहीमा

Thursday, March 14

/ by Unknown

आँबुखैरेनी, १ चैंत्र । तनहुको बन्दिपुर–४, ठूलढुंगामा ट्राफिक नियम उल्लघंन गर्ने १७ वटा सवारी साधन कारबाहीमा परेका छन् । बुधबार बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म इलाका प्रहरी कार्यालय भानुमकाम डुम्रेले गरेको सवारी साधन चेकजाँचका क्रममा १७ वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी साधनबाट प्रहरीले ३ हजार ८ सय रुपैंया राजस्व संकलन गरेको छ । यसैबीच, गोरखाको देउराली–३, गोरखकाली रबर उद्योग नजिकै ट्राफिक नियम उल्लघंन गर्ने ५ वटा सवारी साधन कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय मझुवा देउराली गोरखाले गरेको सवारी साधन चेकजाँचका क्रमाा ५ वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी साधनबाट प्रहरीले १ हजार रुपैंया राजस्व संकलन गरेको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI