Responsive Ad Slot

latest

अलकायदाका शिर्ष नेता मारिए

Saturday, March 2

/ by Unknown

फागुन १९ - आतंकवादी संगठन अलकायदाका अफ्रिका क्षेत्रमा क्रियाशील शिर्ष तहका लडाकु अब्देल हमिद अबु जेईदको सैन्य कारवाहीमा ज्यान गएको छ ।अल्जेरियाको सीमावर्ती क्षेत्रमा चाड र फ्रान्सका सेनाले गरेको सैन्य कारवाहीमा उनी मारिएको चाडका राष्ट्रपति ईद्रिस डेबीले बताउनुभयो ।तर चाड र फ्रान्सेली सेनाले यसबारे औपचारीक जानकारी सार्वजनिक गरेका छैनन् । चाडको सुरक्षा फौजले फ्रान्सेली विशेष फौजको सहयोगमा अलकायदा सम्बद्ध लडाकु विरुद्ध अल्जेरियाको सीमा क्षेत्रमा कारवाही सन्चालन गर्दै आएको छ ।अलकायदाका सबैभन्दा हिंसात्मक लडाकु मानिने जेईद अफ्रिकामा अलकायदाका उपकमान्डर रहेका थिए । गएको वर्ष मालीका दुई शहर तिम्बुक्तु र गाओ ईस्लामिक समूहले नियन्त्रणमा लिएपछि उनी सार्वजनिक भएका थिए ।अफ्रिकाको सहारा क्षेत्रमा पश्चिमा मुलूकका नागरिकको अपहरणमा संलग्न रहेका जेईदले पछिल्लो पाँच वर्षमा लाखौं डलर आर्जन गरेका थिए । जसका कारण अलकायदाले संगठनलाई विस्तार गर्न सफल भएको अनुमान छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI