Responsive Ad Slot

latest

ग्रामिण भेगलाई केन्द्र बनाएर महिला विकासका कार्यक्रमहरु ल्याउन महिलाको सुझाव

Tuesday, March 19

/ by Unknown

आँबुखैरेनी, ६ चैत्र । तनहुँको आँबुखैरेनी गाविसमा शनिबार १ दिने गाविस स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला शक्ति विकास केन्द्र काठमाण्डौंको आयोजनामा सो अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । महिला शक्ति विकास केन्दकी क्षेत्रीय संयोजक चिजा गुरुङ्गको अध्यक्ष्यता तथा आँबुखैरेनी गाविसका गाविस सचिव बुद्धि प्रसाद भुषालको प्रमुख आथित्यतामा १ दिने गाविस स्तरीय अन्तक्रिया कार्यक्रम भएको हो । गाविस भवनमा भएको अन्तक्रिया कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनीधी, आमा समुहका प्रतिनीधी, स्थानीयबासी, समाजसेवीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले महिलाहरुको नेतृत्व विकासका लागि व्यवहारमा परिवर्तन आउने खाले तालिम संचालन गर्नुपर्ने बताएका छन् । त्यस्तै सहभागिहरुले महिलाको क्षमता विकासका लागि विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्ने बताएका छन् । महिलालाई जिम्मेवारी प्रदान गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने समेत सहभागिहरुले जोड दिएका छन् । यसैगरी उनीहरुले ग्रामिण भेगलाई केन्द्र बनाएर महिला विकासका कार्यक्रमहरु ल्याउन सुझाव दिएका छन् । महिलाहरुको हरेक किसिमको विकास कार्यक्रमको लागि महिला शक्ति विकास केन्द्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा महिला शक्ति विकास केन्दकी क्षेत्रीय संयोजक चिजा गुरुङ्ग, आँबुखैरेनी गाउँ विकास समितीका गाविस सचिव बुद्धि प्रसाद भुषाल, एकिकृत नेकपा माओवादीका प्रेम बहादुर तमु, नेपाली कांग्रेसका शालिकराम अधिकारी, कृषि उपकेन्द्र आँबुखैरेनीका प्रमुख खेदकुमार श्रेष्ठ, अकला युवा क्लबका बिष्णु पन्त, आँबुखैरेनी उपस्वास्थ्य चौकीकी मिना श्रेष्ठ, सहास नेपालकी शुशीला विक, कोर लिडर लिलामाया गैली लगायतकाको उपस्थिती रहेको थियो । 

Don't Miss
© all rights reserved
made with by netKUTI