Responsive Ad Slot

latest

मनाङ बराबरीमा रोकिँदा थ्रीस्टारलाई फाइदा

Saturday, March 16

/ by Unknown

३ चैत, काठमाडौं । शहिद स्मारक ए डिभिजन सुपर लिग फुटबलमा फ्रेण्ड्सले उपाधीको दावेदार मनाङ मस्र्याङ्दीलाई बराबरीमा रोकेको छ ।शनिबार भएको खेलमा फ्रेण्ड्सले मनाङलाई २-२ को बराबरीमा रोक्दै अंक खोसेको हो । बराबरीमा रोकिँदा मनाङको उपाधी होडमा धक्का लागेको छ भने लिग लिडर थ्रीस्टारलाई फाइदा भएको छ । लिगमा ४ खेल खेल्न बाँकी छ र उसको ५ अंकको अग्रता छ ।मनाङको १८ खेलबाट ३३ अंक भएको छ भने थ्रीस्टारको ३८ अंक छ । १८ खेलबाट २९ अंक जोडेको फ्रेण्ड्स पाँचौं  स्थानमा उक्लिएको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेण्ड्सले दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन । खेलमा फ्रेण्ड्सले १७ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलबाट अग्रता लिएको थियो । खेलको ४३ औं मनाङका मिनेटमा सिकोले बराबरी गोल फर्काए । तर, ५३ औं मिनेटमा मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै उमरले गोल गरे र फ्रेण्ड्सलाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा स्टफेनले गोल गर्दै मनाङको हार टारे पनि जित भने दिलाउन सकेनन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI