Responsive Ad Slot

latest

सुपर लिगमा आज मनाङ्गले फ्रेन्डसको सामना गर्ने

Saturday, March 16

/ by Unknown

काठमाडौं, चैत्र ३ । राजधानीमा जारी सुपर लिग फुटबल प्रतियोगितामा आज मनाङ्ग मस्र्याङ्गदीले फ्रेन्डस् क्लवको सामना गर्नेछ । १७ खेलबाट ३२ अंक जोडेको मनाङ्ग तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट २८ अंक बटुलेको फ्रेन्डस् सातौं स्थानमा छ । प्रतियोगिता अन्तर्गत हिजोको खेलमा लिग लिडर थ्रीस्टारलाई न्युरोड टिम एनआरटीले १-० ले हरायो । खेलको दोस्रो हाफमा सन्दिप राई रातो कार्ड खाँदै मैदानबाट बाहीरीएपछि थ्रिस्टार क्लव १० जनामा समेटिएको थियो । यसैको फाईदा उठाँउदै एनआरटीका अफ्रिकी खेलाडी सेगुन अकिनाडेले टीमको लागि विजयी गोल गरे । जीतसँगै एनआरटी क्लवले उपाधि दावेदारीलाई पुनर्जिवित गरेको छ भने थ्रिस्टारको उपाधि यात्रामा धक्का लागेको छ । लिगमा १८ खेलबाट ३८ अंक जोडेको थ्रिस्टार शिर्ष स्थानमा छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI