Responsive Ad Slot

latest

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मुल्य घटेपनि नेपालमा पेट्रोलियम पदार्थको अभाव कायमै

Saturday, March 16

/ by Unknown
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मुल्य घटेपनि नेपालमा पेट्रोलियम पदार्थको अभाव कायमै
चैत ३ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मुल्य घटेपनि नेपालमा सहज आपुर्ती समेत हुन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मुल्य प्रति ब्यारेल ३ डलर घटेपछि भारतले पनि पेट्रोलको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि हुनासाथ मुल्य बढाउने नेपाल सरकारले पेट्रोलको मुल्य घटाउने तर्फ कुनै ध्यान दिएको समेत छैन भने पेट्रोलियम पदार्थको सहज आपुर्ति गर्न समेत सकेको छैन । आगामी मंगलबार सम्म सहज आपुर्ती गर्ने बताएको नेपाल आयल निगमलाई सरकारले १ अर्ब रुपैया दिने निर्णय समेत गरिसकेको छ । भारतीय आयल कर्पाेरेशनबाट उधारोमा लिएको तेलको मुल्य चुक्ता गर्न सरकारले निगमलाई १ अर्ब रुपैया दिने निर्णय गरेको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI