Responsive Ad Slot

latest

मुलुकमै रोजगारी सिर्जना र युवा पलायन रोक्नु नै मुख्य चुनौति :वैद्य

Monday, March 11

/ by Admin BHOLA THAPA

कपिल ज्ञवाली
बुटवल,२८ फागुन ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले स्वदेशमा रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य चुनौति भएको बताउनुभएको छ । स्वदेशमा रोजगारीको अवसर  नहुदा वार्षिक साढे ३ लाख युवा जनशक्ति वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गर्दै उनले तिनलाई रोजगारी सिर्जना गर्नु नै निजी क्षेत्र र सरकारको मुख्य चुनौति बनेको बताउनुभयो  ।नेपाल उद्योग वाणिज्य महासंघको लुम्बिनी अञ्चल भेलालाई सोमबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष वैद्यले रोजगारीको खोजीमा विदेश जाने युवा पुस्तालाई देशमै रोजगारी नदिदासम्म नयां नेपालको कुरा भाषणमा मात्र सीमित हुने बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्व र लगानीको सुरक्षाको प्रत्याभुति हुने वित्तिकै २० खर्ब डलर बराबरको ठुला परियोजना मा लगानी हुने सम्भावना रहेको जानकारी गराउदै उनले त्यसबाट ३ देखि ६ लाख जनाले रोजगारी पाउन सक्ने बताउनुभयो ।

 उर्जा संकटका कारण लगानीको वातावरण नभएको उल्लेख गर्दै वैद्यलेजलविद्युत क्षेत्रमा विदेशी लगानी भित्राउन दलहरुबीच आर्थिक एजेण्डामा न्युनतम साझा सहमति गरी विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । केन्द्रिय सदस्य भुषण राजलवटले बैंकहरुको चर्को ब्याजदर, चन्दा आतंक,निजी क्षेत्रको सम्पत्ति तोडफोड,मजदुरहरुको आन्दोलन, असुरक्षा रहेको आर्थिक क्रान्तिको बाटो देखाउन महासंघले स्पष्ट नीति ल्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष भाष्करराज राज कर्णिकारले अस्थितर मुलुकको अवस्थाले मुलुकको अर्थतन्त्रमा असर पारेको बताउनसुभयो ।

 उहाले पछिल्ला दिनमा चन्दा आतंक,निजी क्षेत्रको सम्पत्तिमाथि तोडफोड,मजदुर आन्दोलन,जस्ता असुरक्षा ब्यवसायिको माझमा देखिएकाले थप समस्या सृजना गरेको बताउनुभो । कार्यक्रममा महासंघका उपाध्यक्ष भवानी राणा,पशुपति मुरारका,केन्द्रिय सदस्य शंकर श्रेष्ठ,बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुर्य प्रसाद प्रधान,नवराज श्रेष्ठले बोल्दै आर्थिक मुद्धामा न्यूनतम सहमति हुनुपर्नेमा जोड दिनुभयो । भेलामा लुम्बिनी अञ्चलका ६ वटै जिल्लामा रहेका उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रम पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष भुषणराज लवटको स्वागत,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठको धन्यवाद र महासचिव अनिल श्रेष्ठको संचालनमा भएको थियो ।




कपिल ज्ञवाली
बुटवल, २८ फागुन ।

 प्रधानमन्त्री बाबुराम भट्टराईका आर्थिक सल्लाहकार रामेश्वर खनालले राजनीतिक दलका भातृ संगठनमा आवद्ध डनहरुको  कारण नीजि क्षेत्र आतंकित बनेको बताएका छन् ।
पुर्व अर्थ सचिव समेत रहेका खनालले पछिल्लो समयमा हावी हुदै गएको डनतन्त्रका कारण नीजि क्षेत्र माओवादीको दश वर्षे जनयुद्धकालमा भन्दा बढी प्रताडीत हुनुपरेको र लगानीको वातावरण नबनेको बताए ।
  रिपोर्टर्स क्लबले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा खनालले
ठुला दल निकट डनहरुले मागे जति चन्दा नदिए उद्योगधन्दामा अवरोध गर्ने, क्षति पुराउने र उद्योगी व्यावसायीको ज्यानै लिनेसम्मका घटना हुने गरेकाले
लगानीको वातावरण पनि बन्न नसकेको स्पष्ट पारे । राजनीतिक अस्थिरताले भन्दाडनतन्त्रका कारण देशको नीजि क्षेत्र आतंकित छ, लगानीको वातावरण नै छैन–खनालले भने –दलले आफ्ना कार्यकर्तालाई तह नलगाएसम्म जतिसुकै कुरा गरे पनि लगानीको वातावरण बन्दैन ।
सरकारले पनि डनतन्त्रलाई अन्त्य गर्न नसकेको उल्लेख गर्दै खनालले यसले
भ्रष्टाचार र अनियमितता मात्रै बढाउने बताए ।
प्रधानमन्त्री भट्टराईको पछिल्लो ६ महिने कार्यकालमा सरकारी रकमको चरम
दुरुपयोग भएको भनी व्यापक आलोचना आएको स्वीकार गर्दै खनालले
मन्त्रिपरिषदले गर्ने निर्णयबारे आफुलाई  थाहा नहुने बताए ।
प्रधानमन्त्रीको डेढ वर्षे कार्यकालमध्ये शुरुको एक वर्षबारे खासै आलोचना
भएन तर पछिल्लो ६ महिनामा सरकारी रकम दुरुपयोग र आर्थिक अनियमितताबारे धेरै आलोचना र विरोध भएका छन्, यो राम्रो होइन–खनालले भने । सरकारले लगानी वर्ष घोषणा गरेपनि अघिल्लो वर्ष जति (१० अर्ब) पनि लगानी हुने सम्भावना नरहेको बताउदै उनले करिब ५ अर्ब अमेरिकी डलर बराबरका परियोजनाहरु पर्ख र हेरको अवस्थामा रहेको जानकारी गराए ।  

ब्ल्याक बेल्ट टेस्ट कार्यक्रम समापन
बुटवल, २८ फागनु । 
नेपाल कराते महासंघको आयोजना र पश्चिमान्चल कराते संघको व्यस्थापनमा बुटवलमा एक हप्ते प्राबिधिक शिवीर तथा कराँते ब्ल्याक बेल्ट टेस्ट कार्यक्रम सोमबार सम्पन्न भएको छ । 
गत फागुन २२ गतेदेखि २८ गतेसम्म पश्चिमाञ्चल क्षेत्रमै पहिलो पटक आयोजना गरिएको सो सप्ताहाब्यापी प्राबिधिक शिबिरमा पश्चिमान्चल क्षेत्रका १४ जिल्लाका १५० जना खेलाडी तथा प्रशिक्षक सहभागी रहेका थिए । 

समापनका अवसरमा बोल्ने बक्ताहरुले सरकारले स्वास्थ्य, शिक्षा, यातायातको क्षेत्रमा जस्तै खेलकुदमा पनि प्रयाप्त बजेट बिनियोजन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।  सहभागि बक्ताहरुले खेलकुद र विकाशलाई राज्यले एउटै योजनामा राखेर लैजानुपर्ने बताउदै खेलकुदको विकाश बिना मुलुकको विकाश सम्भव नभएको समेत विचार गरे । 

सो अवसरमा बोल्दै प्रमुख अतिथी लुम्बिनी बिकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्यालले मार्शल आर्ट खेलको उत्पत्ती लुम्बिनीबाट भएको भएपनि यसको समुचित प्रचारप्रसार र बिकास गर्न नसकिएको बताएका थिए । 
लुम्बिनीको बिकास संगै कराँते जस्तो मार्शल आर्टको बिकास गर्नुपर्ने कुरामा जोडदिँदै उनले भगवान गौतम बुद्धको सिद्धान्त र आदर्श अनुसार आत्मरक्षाका लागि कराँते खेलको बिकास गरिएको जिकिर गरे । 

नेपाल कराँते महासंघका राष्ट्रिय उपाध्यक्ष देब लामाले खेलकुदको क्षेत्रको बिकासका लागि गठित समितिहरुमा खेल क्षेत्रसँग सम्बन्धित र अनुभवी भन्दापनि खेलकुदको महत्व नबुझेका ब्यक्तिहरुलाई लैजाने प्रबृती रहेका कारण पनि नेपालले खेलकुदको क्षेत्रमा फड्को मार्न नसकेका धारणा राखेका थिए ।  ा यसबर्ष करा“तेको राष्ट्रिय प्रतियोगिता आगामी चैत १, २ र ३ गते लुम्बिनीमा हुने सोको तयारी पुरा भैसकेको संगठनका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले जानकारी  गराएका थिए । कार्यक्रममा  केन्द्रीय सचिव ईश्वर रानाले खेलाडी राष्ट्रका गहना भएपछि राज्यले त्यसको मुल्यांकन र भावना बुझन नसकेको बताएका थिए । कार्यक्रम नेपाल करा“ते महासंघका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष भरतबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा क्षेत्रीय प्रशिक्षण प्रमुख केशव प्रधान, उपप्रमुख माधव घिमिरे लगाएतले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI