Responsive Ad Slot

latest

कतारमा ३१औं मगर दिवस मनाइयो

Monday, March 11

/ by Admin BHOLA THAPA

शरण थापामगर, दोहा कतार
बिश्व भर छरिएर रहेका मगरहरुले मगर दिवस भब्य रुपमा मनाउने क्रममा कतारमा पनी नेपाल प्रवासी मगर संघ दोहा कतारको आयोजनामा ३१ औंैं मगर दिवस केन्द्रिय समितीका द्धितीय उपाध्यक्ष शेर ब. रोकामगरको संयोजकत्व तथा केन्द्रिय समितीका अध्यक्ष भिम तरामुमगरको अध्यक्षता र महासचिव शरण थापामगरको सञ्चालनमा मार्च ८ तारीकका दिन समाल पब्लिक गार्डेनमा ९०० जना भन्दा बढीको सहभागीतामा मनाइएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथी ने. प्र. आ. ज. महासंघ कतारका अध्यक्ष विनेश तामाङ, बिशिष्ट अतिथीमा मगर संघका प्रमुख सल्लाहकार देब ब. रानामगर हुनुहुन्थ्यो ।

त्यस्तैगरी अतिथीहरुमा एन. आर एन ए (एन सी सी) कतार च्याप्टरका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, संघीय लिम्बुवान राज्य परिषदबाट नरेन्द्र कुमार लिम्बु, संघीय समाजबादी मञ्चबाट प्रकाश आलेमगर, लोकतान्त्रिक मञ्चका छबीलाल कटुवाल, नेपाली एकता समाजबाट छबिलाल बि. क., पत्रकार महासंघबाट का. बा. अध्यक्ष गणेश बञ्जाडे, मोरङ सुनसरी प्रवासी सेवा समाजका सह–सचिव खगेन्द्र कार्की, पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दवाडी, नेपाल दैवी प्रकोप संघका अध्यक्ष लोकेन्द्र पिठाकोटेमगर, बाग्लुङ सेवा समाजबाट खिम बुढामगर, तनहुँ सेवा समाजबाट मनिराज थापामगर, नेपाल प्रवासी भुजेल सेवा समाजबाट रविन भुजेल, किराँत राई यायोक्खाबाट उमेश चन्द्र राई, किराँत याक्थुङ चुम्लुङबाट बिक्रम लिम्बू, तमु सेवा समाजबाट सल्लाहकार सदस्य राम गुरुङ, नेपाल प्रवासी तामाङ समाजबाट दिल दोर्जे तामाङ, गुल्मी सेवा समाजका प्रमुख सल्लाहकार द्रोण बस्नेत, दाङ देउखुरी सेवा समाजका महासचिव सुर्य सुवेदी, नेपाल पत्रकार महासंघबाट का. बा. अध्यक्ष गणेश बञ्जाडे, प्युठान सेवा समाजका अध्यक्ष छबिलाल बि. क., रोल्पा जलजला सेवा समाजबाट चेतमान रोकामगर, नेपाली प्रवासी युवा समाजबाट नरेन्द्र राई, पुन क्लवबाट गोबिन्द गर्बुजा, आदिबासी जनजाती पत्रकार प्रेम कुमार लामा, मगर ब्यबसायी कमल थापामगर, मगर संघका संस्थापक सदस्य लोकेश गाहामगर, सल्लाहकार सदस्यहरु जनक थापामगर, मनिराज पुनमगर, गिरी काउछामगर, दोहा एरिया समितीका अध्यक्ष केशव रानामगर, सनैया “ए” एरिया समितीका का. बा. अध्यक्ष गणेश थापामगर, सनैया “बी” एरिया समितीका अध्यक्ष मदन आलेमगर हुनूहुन्थ्यो ।

अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी र सभापतीद्धारा संयुक्त रुपमा ब्यानर अनावरण गर्नुभएर कार्यक्रमको उद्घाटन गर्नुभएपछी नेपालका प्रथम सहिद लखन थापामगरको विशेष सम्झना गर्दै र अन्य सम्पूर्ण देशभक्त ज्ञात अज्ञात सहिदहरु प्रती सम्मान गर्दै १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमकै शिलशिलामा राष्ट्रिय गान र मगर गान गाईसकेपछी संस्थाका प्रथम उपाध्यक्ष महेन्द्र थापामगरद्धारा स्वागत मन्तव्य तथा कार्यक्रम बारे जानकारी दिनुभएको थियो । त्यसपछी जिल्लागत संघ संस्थाहरुको तर्फबाट तनहुँ सेवा समाजका मनिराज थापामगर, एन. आर एन ए (एन सी सी) कतार च्याप्टरकोतर्फबाट प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, विशिष्ट अतिथी देव ब. रानामगरद्धारा र प्रमुख अतिथीद्धारा शुभकामना मन्तव्य दिनुभएको थियो । उहाँहरुले मन्तव्यको क्रममा मगर दिवस मनाउन ब्यापक उपस्थितीमा खुसी व्यक्त गर्नुहँुदै मगरहरुले अझ एक भएर हरेक कुराहरुमा अगाडी बढ्नुपर्ने आवश्कता औंलाउनुभयो । बिश्वका मगरहरुले किन मगर दिवस मनाउँछ र बिगतमा एकात्मक ब्यबस्थाले हामी नेपालका सम्पूर्ण आदिवासी जनजातीहरुमा परेको असरबारे प्रष्ट पार्नुभएको थियो ।
मगर बाङ राम पुनमगर घोषित
३१ औं मगर दिवस कार्यक्रममा कार्यक्रमको रुप परिवर्तन गर्दै खाजा खाए पछी डोरी तान्ने, ठेलो फल्ने, हाँडी फोर्ने (महिला मात्र), डौड प्रतियोगीता (मगर संघको कुनै पनि समितीमा रहेर काम गरिसकेको मात्र), जस्ता खेलकुद प्रतियोगीता गरिएको थियो । उक्त खेलहरुमा डोरी तान्नेमा १२ टिम मध्ये प्युठानी मगर टोली जेम ब. घर्तीमगर, मदन थानीमगर, तिल ब. लाम्टानीमगर, दिब ब. खाम्चामगर, शङकर झेंडीमगर रहेको टिमले विजय प्राप्त गरेको थियो भने ठेलो फाल्नेमा १६ जना मध्ये दाना म्याग्दीका गोविन्द थापामगर, त्यस्तैगरी हाँडी फुटाउनेमा ११ जना मध्ये बिरबास गुल्मीका मञ्जु बलालमगर र डौडमा १९ जना मध्ये प्रथम राम पुनमगर र द्धितीय सुर्य थापामगर हुनूभएको थियो । सधैं झैं यस पटकको ३१ औं मगर दिवसमा पनि एक बर्षे सांस्कृतिक बाङ छनौट गर्दा डौड प्रतियोगीतामा प्रथम हुनुभएर राम पुनमगर ज्युले २०१२÷१३ को लागी कतारबासी मगरहरुको बाङ आफ्नो पोल्टामा पार्नुभएको थियो । खेलकुद कार्यक्रमको संयोजक सुर्य थापामगर हुनुहुन्थ्यो ।
मानार्थ सदस्यता प्रदान
नेपाल प्रवासी मगर संघ दोहा कतारले संस्थामा निरन्तर योगदान दिनुभएका मगर संघका शुभ चिन्तक महानुभावज्युहरुलाई बिधान भित्र रहने गरी मानार्थ सदस्यता पनि प्रदान गर्ने चलन रहेको छ । सन् २००० को जुन ३० मा स्थापना भएको यस नेपाल प्रवासी मगर संघले हाल सम्म १ जना गुल्मीका यदुनाथ ज्ञवालीज्युलाई मात्र मानार्थ सदस्यता प्रदान गरिएको थियो । तर यस पटक ३१ औं मगर दिवस कार्यक्रममा धेरै लामो समय देखी निरन्तर यस संघको सांस्कृतीक लगायत हरेक क्षेत्रमा योगदान दिनुभएका नेचा बतासे – ३ सोलुखुम्बुका बबिन राईज्यु, र वोङ्गा दोभान – ९ बाग्लुङका टेक रसाईली ज्युलाई यस संघले मानार्थ सदस्यता प्रदान गरिएको थियो । मानार्थ सदस्यता पाउनुभएका बबिन राईज्युले मानार्थ सदस्यता पाउनुएका महानुभावहरुको तर्फबाट बोल्ने क्रममा आफुहरुलाई जिवनमा अहिले सम्मकै सबैभन्दा खुसी र महत्वपुर्ण अनुभव भएको कुरा भन्नुहुँदै यस स्थान सम्म ल्याउन महत्वपुर्ण भुमीका दिनुभएका संघका केन्द्रिय सल्लाहकार सदस्य जनक थापामगर र डि. एन. पाङमी मगरज्युलाई बिशेष धन्यवाद दिनुहुँदै अन्य सहयोगी र मगर संघप्रती आभार ब्यक्त गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमको रौनक
मगरहरु कला र संस्कृतीमा धनी रहेको जाती हो । हामीमा रहेको संस्कृती संरक्षण र सम्बद्र्ध गर्नुपर्छ भन्ने अभिप्रायले सधैं झैं यस कार्यक्रममा पनि मारुनी, कौडा, सालैजो लगाायत दर्जन भन्दा बढी बिभिन्न मगर संस्कृती झल्कने सांस्कृतिक कार्यक्रम गरिनुका साथै बिभिन्न कमेडी, आधुनिक र चलचित्रका गीतहरुमा गाएर, नाचेर कलाकारहरुले भरपूर मनोरञ्जन प्रदान गर्नुभएको थियो । विशेषत उक्त कार्यक्रममा गीतहरुको बबिन राई र प्रविन राईले नृत्य निर्देशन गर्नुभएको थियो भने आकर्षक रुपमा बबिन राईले पोष्टेकी आमा बोलको गीतमा पेट मिची मिची हाँस्न बाध्य बनाउनुभएको थियो । त्यस्तैगरी पुर्वमा ब्यापक रहेको हुर्रा नाचले सांस्कृतिक कार्यक्रमको रौनक नै उत्कृठ बनाईदिएको थियो भने, सांस्कृतिक कार्यक्रमका सञ्चालकहरु डि. एन. पाङमीमगर र सम्झना रानामगरको दोहोरीले कार्यक्रममा उपस्थितीहरुलाई मनमोहक बनाएको थियो । सांस्कृतिक कार्यक्रमको संयोजक रमेश कनौजेमगर हुनुहुन्थ्यो ।
सहभागीहरुमा चिठ्ठा प्रतियोगीता
३१ औं मगर दिवस कार्यक्रममा सहभागीहरुमा आयोजकबाट चिठ्ठा प्रतियोगीता पनि गरिएको थियो । उक्त चिठ्ठा प्रतियोगीतामा चिठ्ठा तान्ने जिम्मा केन्द्रिय सदस्य कृष्ण रानामगरले लिनुभएको थियो भने पुरस्कार वितरण २०१२÷१३ का नयाँ बाङ राम ब. पुनमगरले गर्नुभएको थियो । उक्त चिठ्ठा प्रतियोगीतामा ५ वटा सान्त्वना पुरस्कार विजेताहरुमा चिठ्ठा नं. ५८४ उदिप बास्कोटा, चिठ्ठा नं. १६५१ म्ांगल मल्ल, चिठ्ठा नं. १८३ सुकु गुरुङ, चिठ्ठा नं. ४८२ तेज ब. मश्राङ्गीमगर, चिठ्ठा नं. १६३ सुमन चिदीमगर, तृतिय पुरस्कार विजेतामा चिठ्ठा नं. १४८३ हिरा ब. घर्तीमगर, द्धितिय पुरस्कार विजेतामा चिठ्ठा नं. ७०३ हिम ब. थापामगर र प्रथम पुरस्कार विजेतामा चिठ्ठा नं. ९०१ नरायण खत्री विजेता हुनुभएको थियो । कार्यक्रम अबेर सम्म भएकोले केही सहभागी गईसक्नुभएकोले चिठ्ठा नं. १६५१, चिठ्ठा नं. १४८३, र चिठ्ठा नं. ७०३ विजेता महानुभावहरुको पुरस्कार बाँकी नै रहेकोले आयोजकले १ महिना भित्र पुरस्कार लिन आउन पनि सम्बन्धितमा सुचित गरिसकेको छ ।
उक्त कार्यक्रमको लागीे बिरेन्द्र रानामगर, चित्र रानामगर, प्रकाश आलेमगर, मनिराज थापामगर, हेम बगालेमगर, अर्जुन पुनमगर र बाबुराम पाईजाले यातायातमा प्रायोजन गर्नुभएको थियो भने, खिम ब. रानामगर, छबिलाल बि. क. र द्रोण बस्नेतज्युले पानीको प्रायोजन गर्नुभएको थियो । त्यस्तैगरी सांस्कृतिक कार्यक्रमको लागी हल बिजय लामाज्युले प्रायोजन गर्नुभएको थियो भने, ब्यानर प्रायोजन मन ब. पुनमगरले गर्नुभएको थियो । अन्तमा कलाकार र प्रायोजकहरुलाई प्रशंसा पत्र र खेलमा विजेताहरुलाई प्रमाण पत्र सहित पुरस्कृत गरिसकेपछी सभापतीद्धारा उपस्थितीमा धन्यबाद सहित कार्यक्रमको अन्त्य गर्नुभएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI