Responsive Ad Slot

latest

हतियार बुझाए कारबाही छुट

Saturday, March 2

/ by Unknown

१९ फागुन, नवलपरासी । आफुसँग भएका हात हतियार बुझाउनेलाई नवलपरासी प्रहरीले कारबाहीमा छुट दिने भएको छ । प्रहरीले ३५ दिन भित्रमा हतियार बुझाउन पनि आग्रह गरेको छ ।नवलपरासीलाई अवैध हतियार मुक्त जिल्ला बनाउने उद्देश्यले ईजाजत नभएका हतियारहरु प्रशासनको जिम्मा लगाउन जिल्ला प्रहरी कार्यालयले एक पटकका लागि यो सुविधा ल्याएको प्रहरी उपरिक्षक प्रकाश जंग कार्कीले जानकारी दिनुभयो ।फागुन २० गतेदेखि ३५ दिन भित्र आफुसंग भएका अबैध हतियारहरु प्रहरीलाई सोझै बुझाउन अनुरोध गरिएको छ । तोकिएको यस अवधिभित्र पनि हतियार नबुझाएमा वा लुकाई राखेमा कानुनी कार्वाही गरिने बताईएको छ ।अवैध रुपमा हतियार लुकाई राखेको सुराकी दिएमा सुराकी दिनेलाई हतियारको प्रकृति हेरी ५० हजार रुपियासम्म पुरस्कार दिने व्यवस्था समेत गरिएको प्रहरीले बताएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI