Responsive Ad Slot

latest

सामुदायिक सेवा केन्द्रको दोस्रो साधारण सभा सम्पन्न

Sunday, March 10

/ by Unknown


सतिस्वाँरा, २७ फागुन । सामुदायिक सेवा केन्द्र सतिस्वाँरा तनहुँको दोस्रो साधारण सभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष ज्ञानेन्द्र पण्डितको अध्यक्षता तथा श्याम हरि श्रेष्ठको प्रमुअ आथित्यतामा केन्द्रको दोस्रो साधारण सभा सम्पन्न भएको हो । केन्द्रका कोषाध्यक्ष महेश चन्द्र ढकालले केन्द्रको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । हरि प्रसाद ढकालले स्वाग मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन ज्ञान हरि खनालले संचालन गर्नुभएको थियो । यसैबीच, सामुदायिक सेवा केन्द्र सतिस्वाँरा तनहुँले केन्द्रका सदस्यहरुका लागि पशुपालन तथा कृषि सम्बन्धि तालिम सुरु गरेको छ । केन्द्रका सदस्यलाई पशुपालन तथा कृषि सम्बन्धि तालिम प्रदान गरी आत्मानिर्भर बनाउने उद्देश्यले तालिम संचालन गरिएको हो । तालिमको सहजीकरण हरि प्रसाद ढकाल र कुमोद पण्डितले गर्नुभएको केन्द्रका कोषाध्यक्ष महेश चन्द्र ढकालले जानकारी दिनुभयो । 

Don't Miss
© all rights reserved
made with by netKUTI