Responsive Ad Slot

latest

तनहुँका ९० जना ब्रह्मकुमारीहरु भारत तिर लागे

Thursday, March 14

/ by Unknown

राम बहादुर धामी
आँबुखैरेनी, १ चैंत्र । ओम् शान्ति ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय अन्तर्गत पर्ने तनहुँ जिल्लाको विभिन्न विद्यालयबाट ९० जना विद्यार्थी भारत तर्फ प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबू राजस्थान भारतमा हुन लागेको अन्तर्राष्ट्रिय ज्ञान योग शिविरमा भाग लिनको लागि ९० जना विद्यार्थीको टोली बुधबार त्यस तर्फ प्रस्थान गरेको हो । दमौलीबाट २४ जना, दुलेगौंडाबाट २७ जना, आबूखैरेनीबाट २४ जना, बन्दिपुरबाट ७ जना र खैरेनीटारबाट ८ जना गरी ९० जना विद्यार्थीको टोली भारततर्फ गएको हो । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौलीकी संचालिका ब्रह्माकुमारी यमुना र दुलेगौंडा शाखाकी संचालिका ब्रह्माकुमारी रश्मीको नेतृत्वमा सो टोली भारत गएको हो । 
सो शिविरमा ७५ देशका करीब २५ हजार ब्रह्माकुमार र ब्रह्माकुमारीहरुको सहभागिता रहने खबर प्राप्त भएको छ । 

Don't Miss
© all rights reserved
made with by netKUTI