Responsive Ad Slot

latest

साहित्यकार कवि कुलबहादुर केसीको निधन

Saturday, March 16

/ by Unknown

पोखरा, चैत ३ - पोखराका साहित्यकार तथा कवि कुलबहादुर केसीको ६६ बर्षको उमेरमा निधन भएको छ ।फोक्सोको क्यान्सरबाट पीडित केसीको पोखराको बाटुलेचौरमा रहेको आफ्नै निवासमा शनिवार राती निधन भएको हो । केही महिनायता मस्तिष्कमा समेत समस्या देखिएका केसीको पार्थिव शरिरको शनिवार शवयात्रा सहित दाहसंस्कार गरिएको परिवारले बताएको छ । केसी ३ साता अघिमात्रै हरिदेवी कोईराला राष्ट्रिय साहित्य पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।विक्रम संवत् २००३ साल असार १४ गते पोखराको बाटुलेचौरमा जन्मिनुभएका केसीका अहिलेसम्म नौ वटा काव्यकृति प्रकाशित भैसकेका छन् ।उहाँलाई यसअघि गण्डकी साहित्य पुरस्कार, अम्बा साहित्य पुरस्कार, मर्स्याङ्दी वाङ्मय प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठान, जनसाँस्कृतिक मञ्च लगायतबाट सम्मानित गरिएको थियो भने राष्ट्रिय छन्द लेखन कविता प्रतियोगितामा उहाँको कविताले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।केसी शुक्ला साहित्य समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार, विन्ध्यवासिनी उच्च माविका पूर्व अध्यक्ष, अलिमियाँ लोक वाङ्मय प्रतिष्ठानका सदस्य लगायत थुप्रै सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्थ्यो । केसीले २१ बर्ष जनस्वास्थ्य कार्यालयमा सरकारी सेवा गरेर निवृत्त हुनुभएको थियो । कवि कुलबहादुर केसीका एक छोरा र चार छोरी रहेका 
Don't Miss
© all rights reserved
made with by netKUTI