Responsive Ad Slot

latest

कुमार लामा धरौटीमा रिहा हुने

Saturday, March 2

/ by Unknown

१९ फागुन, काठमाण्डौं । द्वन्द्वको सयममा नेपालमा युद्व अपराध गरेको अभियोगमा बेलायतमा पक्राउ परेको कर्णेल कुमार लामा धरौटीमा रिहा हुने भएका छन् । उनलाई १० हजार पाउण्ड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
दुई महिनादेखि लन्डनको बेलमार्स कारागारमा रहेका उनलाई यसअघि भने धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको थियो ।
बेलायतको चल्म्स्फोर्ड क्राउन कोर्ट ससेक्समा शुक्रबार भएको सुनुवाईमा लामालाई १० हजार पाउन्ड धरौटीमा रिहा गर्ने आदेश दिइएको हो ।
उनलाई अदालतले खोजी गरेको बेलामा उपस्थित हुने गरी रिहा गर्न लागेको हो । कर्णेल लामा तत्काल नेपाल आउन भने पाउने छैनन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI