Responsive Ad Slot

latest

उपाधि सौभाग्य लाई

Monday, March 11

/ by Admin BHOLA THAPA

कपिल ज्ञवाली
बुटवल,२८ फागुन ।  योङ कम्युनिस्ट लिग बुटवल ९ को आयोजनामा बुटवलमा जारि शहीद स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिताको उपाधि सौभाग्य युवाक्लव दिपनगर ले हात पारेको छ । सिद्धेश्वर उच्च माविको मैदानमा निकै रोमाञ्चक प्रतिस्प्रर्धामा सौभाग्यले मंगलापूरको  सम्झना युवा परिवारलाई १ —० ले हराउदै उपाधि चुमेको हो ।
खेलमा सम्झना उपबिजेता बनेको छ ।बिजेता र उपबिजेता टिमका खेलाडिहरुलाई एकीकृत माओवादीको केन्द्रीय सदस्य बामदेव क्षेत्री र वडा प्रहरी कार्यालय बुटवलका ईन्चार्ज सुवास गैरेले क्रमश २५ हजार  र १५ हजार नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।सो अबसरमा बोल्दै बामदेब क्षेत्रिले बाईसियलका कार्यकर्ताले सामाजिक संगै खेल क्षेत्रको बिकासका लागि सदैब लागिरहेको उल्लेख गर्नुभयो ।


Don't Miss
© all rights reserved
made with by netKUTI