Responsive Ad Slot

latest

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न निगमलाई एक अर्ब

Saturday, March 16

/ by Unknown

३ चैत, काठमाण्डौं । सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न आयल निगमलाई एक अर्ब रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्ति सहज बनाउन भन्दै निगमलाई १ अर्व रुपैयाँ दिने निर्णय गरेको हो । निगमले भारतीय आयल कर्पोरेशनलाई झन्डै ८० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।यसैबीच सरकारले ऋण सहयोग दिने भएपछि पेट्रोलियम पदार्थको ढुवानी र आपूर्ति सहज हुने जनाएको छ । अब माग अनुसारकै इन्धन आपूर्ति हुने भन्दै निगमले आउँदो मंगलबारसम्ममा इन्धनको अभाव पूर्ण रुपमा हट्ने निगमले जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI