Responsive Ad Slot

latest

नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक बुधबार सम्पन्न

Thursday, March 14

/ by Unknown

दमौली, १ चैंत्र । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको बैठक बुधबार सम्पन्न भएको छ । महासंघ अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघ तनहुँ शाखाको भवन निर्माणका लागि ३ लाख रुपैयाँ निकासा गर्न सहयोग पु¥याएकोमा शान्ति तथा पुननिर्माण मन्त्री टोपबहादुर रायमाझी र उनका स्वकीय सचिव विश्वजित गौतमलाई धन्यवाद ज्ञापन गरेको छ ।शान्तिका लागि विकास कार्यक्रमको अनुगमनका लागि नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको संयोजकत्वमा ऋषिराम पोख्रेल, अन्जना तिमिल्सिना, सुशीला थापा र विमला कंडेल सदस्य रहने गरी अनुगमन समिति गठन गरिएको छ । शान्तिका लागि विकास कार्यक्रमको जिल्ला प्राविधिक कार्यालयमा सम्झौता गर्न शाखा अध्यक्ष प्रेमप्रसाद पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।बैठकले नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष प्रदीप काफ्लेलाई कार्यरत संस्था दमौली एफ ९४.२ मेगाहर्जको व्यवस्थापन पक्षले सम्पादकीय स्वतन्त्रतामाथि अंकुश लगाउँदै अन्यायपूर्ण घटुवा गरिएकोप्रति खेद व्यक्त गर्दै पत्रकार काफ्लेलाई पुनः पूर्ववत समाचार प्रमुखमै यथाशीघ्र पुर्नवहाली गर्न जोडदार माग गरेको छ ।केन्द्रको निर्देशन अनुसार साधारण सदस्यहरुलाई यही चैत मसान्त भित्र सदस्यता नविकरण गर्न अनुरोध गरिएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI