Responsive Ad Slot

latest

ट्राफिक नियम उल्लघंन गर्ने ४७ वटा सवारी साधन कारबाहीमा

Saturday, March 2

/ by Unknown

आबुखैरेनी, १९ फागुन  । तनहुको बन्दिपुर–४, ठुल ढुंगामा ट्राफिक नियम उल्लघंन गर्ने ३० वटा सवारी साधन कारबाहीमा परेका छन् । शुक्रबार बिहान ११ बजे देखी दिउसो २ बजे सम्म इलाका प्रहरी कार्यालय भानुमकाम डुम्रेले गरेको सवारी साधन चेकजाचका क्रममा ३० वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी साधनबाट प्रहरीले ४ हजार २ सय रुपैंया राजस्व संकलन गरेको छ । यसैबीच, गोरखाको देउराली–५,अबुवा पुलमा ट्राफिक नियम उल्लघंन गर्ने १७ वटा सवारी साधन कारबाहीमा परेका छन् । शुक्रबार बिहान ११ बजे देखि दिउसो २ बजे सम्म इलाका प्रहरी कार्यालय मझुवा देउराली गोरखाले गरेको सवारी साधन चेकजाचका क्रममा १७ वटा सवारी साधन कारबाहीमा परेको हो । कारबाहीमा परेको सवारी साधनबाट ३ हजार १ सय रुपैंया राजस्व संकलन गरेको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI