Responsive Ad Slot

latest

पेट्रोलको भाऊ घट्यो

Saturday, March 16

/ by Unknown

३ चैत, काठमाडौं ।अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा गिरावट आएको छ । विश्व बजारमा तेलको भाऊ घटेपछि भारतले पनि पेट्रोलको मूल्य घटाएको छ । तेलको भाऊ बढाउनमात्रै जानेको नेपाल सरकारले भने भाऊ घटाउनु त परै जाओस्, सहजरुपमा तेल आपूर्ति गराउन समेत सकेको छैन । रेग्मी नेतृत्वको सरकारले पेट्रोलको भाऊ घटाउनुको साटो सहज आफूर्ति गराउने भन्दै सरकारी कोषबाट निगमलाई १ अर्ब रुपैयाँ निकासा गरेको छ ।दिल्लीका प्रतिलिटर ७० रुपैयाँ ३४ पैसा पर्ने पेट्रोलको मूल्य अब प्रतिलिटर ६८ रुपैयाँ ३४ पैसा कायम भएको छ । चेन्नेईमा ७१ र मुम्बई तथा कोलकातामा ७५ पेट्रोलको मूल्य ७५ रुपैयाँ ८४ पैसा कायम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।गत महिना मात्रै भारतमा दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो । फेब्रुअरीमा एकपटक एक रुपैयाँ ५० पैसा र दोस्रोपटक १ रुपैयाँ ४० पैसा मूल्वृद्धि गरिएको थियो ।स्रोतका अनुसार अन्तरराष्ट्रिय बजारमा पेट्रोलको मूल्यमा प्रति ब्यारेल ३ डलर गिरावट आएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI