Responsive Ad Slot

latest

बस ठोक्कीदा महिलाको हात चुडियो

Saturday, March 2

/ by Unknown


मनपाङ्ग, १९ फागुन । पृथ्वीराजमाग अन्तगर्त तनहुँको मनपाङ्ग–२, तुरुतुरेमा दुई वटा बस एक आपसमा ठोक्कीदा १ जनाको महिलाको हात चुडेको छ । मुग्लिनबाट पोखरा तर्फ जादै गरेको ना ४ ख ४९२७ नम्बरको बस र पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ४१३० नम्बरको बस शुक्रबार बिहान ११ बजे एक आपसमा ठोक्कीदा ना ४ ख ४९२७ नम्बरको बसमा सवार व्यास–२, की ३१ वर्षीय देउकला गुरुङ्गको हात छिनेको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । गुरुङ्गका सेतीगंगा अस्पतालमा सामान्य उपचारका पछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI