Responsive Ad Slot

latest

कर्णेल कुमार लामा धरौटीमा रिहा भए

Saturday, March 16

/ by Unknown

 काठमाडौं, चैत्र ३ । युद्ध अपराधको अभियोगमा दुई महिनादेखि बेलायतस्थित बेलमार्स कारागारमा राखिएका नेपाली सेनाका कर्णेल कुमार लामा धरौटीमा रिहा भएका छन् । दुई साताअघि लामालाई इसेक्सस्थित चेल्म्स्फोर्ड क्राउन कोर्टले सशर्त धरौटीमा छाड्न आदेश दिएपनि आवश्यक कागजात र धरौटी बुझाएपछि शुक्रवार साँझ छाडिएको हो । अदालतको माग बमोजिम लन्डनस्थित नेपाली दूतावासबाट लामालाई कुनै किसिमको यात्रा अनुमति पत्र वा राहदानी जारी गरिने छैन भन्ने बेहोराको एस्सूरेन्स् लेटर तथा आवश्यक ३६ हजार ५ सय पाउण्ड धरौटी बुझाएर लामा रिहा भएका हुन् । प्रशासनिक कामले छुट्न केही लामो समय लागेको बताउँदै लन्डनस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेले अन्तिम फैसला पनि लामाकै पक्षमा हुनेमा आशा व्यक्त गर्नुभएको छ ।धरौटीमा रिहा भए पनि मुद्दाको टुंगो नलागेसम्म लामालाई बेलायत छाड्न प्रतिवन्ध छ । साथै अदालतले चाहेको बेला हाजिर हुनुपर्ने, कसैसँग सिधा सम्पर्क गर्न नपाइने र घरैमा रहनुपर्ने बताइएको छ । सेन्ट्रल क्रिमिनल कोर्टको आदेश बमोजिम लामाको प्ली केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मे र सुनुवाइ ५ जुनमा दक्षिण पश्चिम लन्डनस्थित किङस्टन क्राउन कोर्टमा हुने जनाइएको छ । अदालती आदेशपछि पनि लामा छुट्न दुई साता लाग्नुमा नेपाल सरकारको कमजोरी रहेको टिप्पणी गरिएको छ । मन्त्रिपरिषदकको फागुन २८ को बैठकले लन्डन दूतावासमा एसुरेन्स लेटर दिन निर्देशन दिएपछि बल्ल लामाको रिहाई भएको हो ।

Don't Miss
© all rights reserved
made with by netKUTI