Responsive Ad Slot

latest

जीर्ण बन्दै मनकामना मन्दिर

Saturday, March 16

/ by Unknown

जीर्ण बन्दै मनकामना मन्दिर

राम बहादुर धामी, गोरखा, चैत्र, ३ । गोरखाको मनकामना गाउं विकास समितिमा रहेको प्रशिद्ध धार्मिक एवं पर्यटकीय सम्पदा मनकामना मन्दिर जीर्ण बन्दै गएको छ । करिब तीन सय वर्ष पूरानो इतिहास बोकेको मनकामना मन्दिर नियमित मर्मत सम्भारको अभावमा जीर्ण बनेको हो । निर्वतमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मन्दिर पुर्ननिर्माणको शुभारम्भ गरेको एक बर्ष बित्नलाग्दा समेत पुर्ननिर्माण शुरु हुन सकेको छैन ।

मन्दिरको दक्षिण पश्चिम भाग ढल्किएको छ भने छानाहरु कमजोर भएकाले मन्दिर दर्शनका लागि आउने पर्यटकहरुका लागि जोखिम बढ्दै गएको छ । मन्दिरको पुर्ननिर्माणका लागि करिब ९ करोड आवश्यक पर्ने भएपनि अहिलेसम्म सरकारवाट १ करोड रुपैयां र भक्तजनहरुवाट ८५ लाख रुपैयां मात्र संकलन भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यही रकमबाट मन्दिर पुननिर्माणको काम शुरु गर्न लागिएको हो ।

पुरातत्व विभागको प्राविधिक टोलिले दिएको प्रतिबेदनमा मन्दिर पूर्ण रुपमा भत्किने अवस्थामा पुगेकोले मर्मत गरेर मात्र नपुग्ने र पुर्निनर्माण नै गर्नुपर्ने उल्लेख छ । अहिले मन्दिर पूर्ननिर्माणका लागि आवश्यक पर्ने काठ भारतबाट मगाईएको छ भने मन्दिरको छानामा लेपन गर्नका लागि आवश्यक पर्ने ५७ लाख बराबरको सुन खरिद गरि राष्ट्रबैंकमा राखिएको जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

पुनर्निमाण हुने मन्दिरमा तामाको छाना छाईने छ भने ९ किलोग्राम सुनले लेपन गरिने छ । मन्दिर दर्शनका लागि शनिवार १० हजार भन्दा बढी र अन्य दिन ३ देखि ५ हजारसम्म भक्तजन आउने गर्दछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI