Responsive Ad Slot

latest

राजधानीमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन, मृत्युपर्यन्त गोपल योञ्जन सम्मानित

Saturday, March 16

/ by Unknown
राजधानीमा अन्तर्राष्ट्रिय तामाङ सम्मेलन, मृत्युपर्यन्त गोपल योञ्जन सम्मानित
काठमाडौं, चैत्र ३ । तेस्रो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनको उपराष्ट्रपति परमानन्द झाले उद्घाटन गरे ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्ले आयोजना गरेको सम्मेलनमा वरिष्ठ संगीतकार स्वर्गीय गोपाल योञ्जनलाई मृत्युपर्यन्त सम्मान गरिएको थियो । स्वर्गीय योञ्जनको सम्मान उनकी पत्नी रिञ्छेन योञ्जनले ग्रहण गरेकी थिइन् ।

त्यस्तै तामाङ समुदायको हीतमा विशेष योगदान पुर्याउने सिक्किमका काजीमान तामाङलगायत तीन जनालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले अन्तरिम मन्त्रिमण्डलको गठनपछि आफू पहिचानसहितको संघीयता स्थापित हुनेमा ढुक्क भएको र यसैमा तामाङ समुदायको पहिचान र अधिकारको पनि सम्बोधन हुने विश्वास व्यक्त गरे ।
Don't Miss
© all rights reserved
made with by netKUTI