Responsive Ad Slot

latest

आदिवासी साँस्कृति मेला सम्पन्न

Saturday, March 2

/ by Unknown

छिपछिपे १९ फागुन  । स्वाथ्यका लागी मनोरन्जन र विकास लागी एकजुट भन्ने नारा सहित तनहुँको कर्णाली मानिने छिपछिपे ५ साराङ्गघाट तनहुँमा आयोजना गरिएको दोस्रो जनजाती तथा आदिवासी साँस्कृति मेला २०६९ सम्पन्न भएको छ । छिपेछिपे युवा क्लब छिपछिपे ५ गोन्दाङ्ग द्धारा आयोजना गरिएको ३ दिने साँस्कृतिक मेलाको समापन गरिएको हो । मेलाको समापन गर्दै क्लबका संस्थापक एवम समाजसेवि किर्तिमान आलेले मेलाले स्थानिय कला,भाषा,संस्कृतिको जगेर्ना गर्नुका साथै आर्थिक विकासमा समेत टेवा पुग्ने वताउनुभयो । क्लबका अध्यक्ष भक्त थापाको सभापतित्वमा मेला सम्पन्न भएको हो ।  भौगौलिक विकटता र सदरमुकाम वाट टाढा रहेकाले सोचेजस्तो विकास हुन नसकेका कारण मेला महोत्सव गरि स्थानिय स्तरमा आर्थिक विकास गर्न स्थानिय युवा मिलेर मेलाको आयोजना गरेको थापाले जानकारी दिनुभयो । गाविस सचिव नेत्र नारायण सुवेदीले शैक्षिक क्षेत्र देखि हरेक विकासका पुर्वाधारमा छिपछिपे पछि परेको स्वीकार्दै यसको विकासमा सवै एकजुट हुनुपर्नै बताउनुभयो । हाल सम्म गाविसमा एउटा पनि उच्चमावि नहुँदा गरिव तथा विपन्न वर्गहरु उच्च शिक्षा पाउनवाट वन्चित रहेको भृकुटी माविका शिक्षक भवानी प्रसाद पौडेलले वताउनुभयो । 
Don't Miss
© all rights reserved
made with by netKUTI