Responsive Ad Slot

latest

क्याम्पस अगाडी धर्ना

Thursday, February 14

/ by Unknown
फागनु ३ । चितवनमा संयुक्त विद्यार्थी संघर्ष समीतीले जिल्लाका सवै क्याम्पस अगाडी धर्ना दिएका छन् । विहान ८ बजेदेखि २ घण्टा धर्ना कार्यक्रम गरिएको नेपालविद्यार्थी संघ चितवनका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।विपक्षी दलसम्बद्व विद्यार्थीहरुले आजपनि देशभरका क्याम्पस अगाडी धर्ना दिएका छन् । सरकारले वृद्धि गरेको ग्यासको मुल्य स्थगीत गरेको जनाएपनि फिर्ता नगरेको भन्दै विद्यार्थीहरुले आफ्नो आन्दोलन रोकेका छैनन । विद्यार्थी , गरिब समुदायका व्यक्तिलाई दिइने भनिएको सहुलीयत दिनुपर्ने ,  ग्यासको कालोबजारी अन्त्य गर्नुपर्ने , स्ववियु निर्वाचनको मिती तय गर्नुपर्ने लगायतका माग राख्दै विद्यार्थीहरु देशभर नै प्रदर्शनमा उत्रिएका हुन् । आयल निगमले ग्यासको दोहोरो मूल्य कायम गर्ने गरी मूल्यबृद्धि गरेपनि चर्को विरोधपछि सो निर्णय तत्कालका लागी स्थगीत गरिएको थियो ।  
Don't Miss
© all rights reserved
made with by netKUTI