Responsive Ad Slot

latest

पोपको राजिनामा घोषणा पछि सहयोगीद्धारा आश्चार्य व्यक्त

Tuesday, February 12

/ by Unknown


बिदेश, १ फागुन / कार्यकाल बाँकी छदैमा राजीनामा दिने पोप बेनेडिक्ट सोह्रोको घोषणापछि उहाँका सहयोगी, भ्याटिकन नागरिक र विभिन्न देशहरुले आश्चर्य व्यक्त गरेका छन् । ६ सय बर्ष यता यसरी राजीनामा घोषणा गर्ने पोप वेनेडिक्ट १६ औ, पहिलो व्यक्ति हुनुहुन्छ । यसअघि सन् १४१५ मा पोप ग्रेगरीले राजीनामा दिनुभएको थियो । क्याथोलिक चर्चका सर्वाेच्च धार्मिक गुरु मानिने पोपले राजीनामा दिएका घटना दुर्लभ हुने भएकाले पनि विश्व समुदायको ध्यान आकर्षित भएको हो ।क्याथोलिक चर्चको विद्यमान नियम अनुसार राजीनामा स्वेच्छिक रुपमा हुनुपर्छ र यसलाई पर्याप्त प्रचारप्रसार गरिनुपर्छ । इतिहासमानै सवैभन्दा बढि उमेरमा पोप बनेका मध्येका एक बेनेडिक्ट सोह्रोले जिम्मेवारी सम्हाल्न आफूलाई उमेर र स्वास्थ्यले साथ नदिएको बताउदै राजीनामा गर्ने घोषणा गर्नुभएको छ । ७८ बर्षको उमेरमा पोप चुनिएका उहाँले ७ बर्षको कार्यकाल पछि ८५ बर्षको उमेरमा राजीनामा गर्न लागेका हुन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI