Responsive Ad Slot

latest

कम्पनी मालिक फरार भएपछि युएईमा अलपत्र ४ मध्ये एक नेपाली फर्किए

Saturday, February 9

/ by Unknown

माघ २७ , यूएईमा अलपत्र परेका चार नेपाली मध्ये एक नेपाली फर्किएका छन । कम्पनी मालिक फरार भएपछि कम्पनीमा कार्यरत चार नेपाली अलपत्र परेका थिए । यूएईको रसअलखेमा राज्यको अल साब्री स्टिल वर्क नामक कम्पनीमा कार्यरत उनीहरु नौ महिना देखी अलपत्र परेका हुन ।अलपत्र पर्नेमा अर्घाखाँचीका चिरन्जिवी कुँवर, इलामका माधव दाहाल तथा झापाका वेदप्रसाद तिमिल्सिना र दीपक आर्चाय छन् ।उनीहरुमध्ये अर्घाखाँचीका चिरन्जिवी कुँवर बुधवार नेपाल फर्केका छन । अदालतमा चलिरहेको मुद्दामा सफल भए पछी उनी नेपाल फर्किएका हुन । बाँकी तीनजनाको मुद्दा अझै पनि बिचारधिन रहेको ईलामका माधव दाहालले जानकारी दिए ।  ”हामीहरुको गल्ती होइन भनेर हामी मध्येका एक जना चिरिन्जिबी कुँवरले छुट पाए पछी प्रमाणित भएको छ, अब हामी पनि छिट्टै नेपाल फर्किन पाउछौ कि भन्ने आशामा छौ”, उनीहरुले भने ।कम्पनी मालिक कारण बस जेलमा परेको समय कामदार को राहदानी जमानतमा राखी निस्किएर भागेकाले कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन् । मालिकनै जेलमा परेपछि निकाल्नका लागि आफ्ना राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका नेपालीले अहिलेसम्म राहदानी नपाएकोलेती नेपाली अलपत्र अवस्थामा पुगेका हुन ।राहदानी नभएपछि नेपाल फिर्ता पठाउन नसकिएको युएईमा रहेका बिभिन्न संघसंस्थाले जनाएका छन् ।यूएईका लागि नेपाली राजदुतावास आबुधाबीमा लिखित रूपमा गत र्माच महिनामै यस बारे जानकारी गराईएको थियो । “दुई महिनासम्म पहल नभएको भन्दै पुनः पत्र मार्फत सम्झना गराइएको थियो, अलपत्र मध्येका चिरन्जिबी कुँवरले भने  । मालिकलाई छुटाउन पाए आफ्नो सेवा सुविधा पाइन्थ्यो कि भनेर राहदानी बुझाउन सहमति जनायौं, अहिले आफै अलपत्र परियो, जे होश जेनतेन म आज फर्किए अब बाँकी अन्य मेरा सहकर्मीको उद्दारमा सहयोग गरिदिनु होला कुँवरले भने ।गत जुन महिनामा दुतावासका कर्मचारीको टोली आएर हामीलाई यूएई दिराम्स २ सय दिनुभएको थियो । अन्य सहयोग कतैबाट आएको छैन।  हामीलाई प्रशाशनिक रुपमा सहयोग गरी जसरी हुन्छ नेपाल पठाइदिनुस् पीडितहरुले एकै स्वरमा भने ।राहदानी जेलमा बुझाईएको तथा मालिक जेल मुत्त भई फरार भएकोले अहिले उनीहरुको मुद्दा अदालतमा विचराधिन रहेकाले कुनै पनि पहल सफल नभएको हो ।
Don't Miss
© all rights reserved
made with by netKUTI