Responsive Ad Slot

latest

ताप्लेजुङको टुक्रे क्षेत्रमा गएराति आगलागी, ८ घर जलेर नष्ट

Saturday, February 9

/ by Unknown
ताप्लेजुङको टुक्रे क्षेत्रमा गएराति आगलागी, ८ घर जलेर नष्ट
ताप्लेजुङ, माघ २७ । ताप्लेजुङको सदरमुकाम फुङलिङस्थित टुक्रे क्षेत्रमा गएराति आगलागी हुँदा ८ घर जलेर नष्ट भएको छ । आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । लोडसेडिङको समयमा स्थानीय मणिप्रसाद लिम्बु र मनोजकुमार अङछङवोको घरमा बालेको मैनबत्तिबाट आगो सल्किएको हुनसक्ने प्रहरीले बताएको छ । करिब ४ घण्टापछि सेना, प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI