Responsive Ad Slot

latest

कण्डमको ब्यपारमा नायक मुकेश ढकाल

Wednesday, February 27

/ by Admin BHOLA THAPA

नेपालगञ्ज नायक मुकेश ढकालले अभिनय गरेको नेपाली कथानक चलचित्र गुड फ्रेण्ड को छायाङ्कन सकिएको छ   । केहि दिन अगाडी सुटिङ सकिएको उक्त चलचित्रलाई राज बहादुर शानेले निर्देशन गरेका हुन् । एड्स रोगको बारेमा जनचेतना जगाउन निर्माण गरिएको फिल्ममा मुकेशलाई कण्डम व्यापारीको भुमिकामा प्रस्तुत गराइएको निर्देशक शानले वताए। चलचित्रले  कण्डमको प्रयोग गर्दा कति हदसम्म एड्स रोग रोकथाम गर्न सकिन्छ भन्ने सन्देश   दिने वताए । फिल्मको मुख्य नारा नै कण्डम लगाऔं एड्स भगाऔ भन्ने रहेको छ । फिल्म समाजको ऐना भएकाले केहि सन्देश दिन सकिन्छ कि भन्ने लागेर यो फिल्म गरेको हुँ निर्देशक शानले वताए । काठमाण्डौ उपत्यका वरपर नै सुटिङ गरिएको यो फिल्ममा सबिना कार्की, पूजा महर्जन, एल वि कटुवाल लगायतको अभिनय रहेको छ  ।
Don't Miss
© all rights reserved
made with by netKUTI