Responsive Ad Slot

latest

एमाले भ्रातृसंस्था युवासंघको महाधिवेशनमा आजबाट बन्द सत्र

Saturday, February 23

/ by Unknown
काठमाडौं, फाल्गुन १२ । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माओबादीको धोकाधडीका कारण राजनीतिक संकट चुलिएको आरोप लगाउनुभउको छ । भ्रातृ संगठन युवा संघको आठौं महाधिवेशनको हिजो बुटवलमा उद्घाटन गर्दै उहाँले वर्तमान संकटको निकासका लागि प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउने कोशिस भएको दावी गर्नुभयो । उहाँले त्यसो गर्दा शक्ति पृथकीकरणमा प्रभाव पर्न नदिइने बचन पनि दिनुभयो ।आजबाट बन्द सत्र शुरु हुने छ । नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष झपट रावल र महासचिव निरज आचार्यले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । बस्नेतलाई नेता केपी ओली र महासचिव ईश्वर पोखरेलको साथ छ भने आचार्यलाई झलनाथ खनालको तथा रावललाई माधवकुमार नेपालको समर्थन छ । शीर्ष नेताहरुका आ–आफ्नै उम्मेदवार भए पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिने युवा संघले जनाएको छ । महाधिवेशनमा देशभरबाट १४ सय प्रतिनिधि सहभागी छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI