Responsive Ad Slot

latest

अमेरिकी कांग्रेसका पूर्व सदस्य जेस्सी ज्याकसनलाई पाँच वर्षको कैद सजाय

Thursday, February 21

/ by Unknown

फाल्गुन १०। रकम हिनामिना गरेको भन्दै अमेरिकी काँगे्रसका पूर्व सदस्य जेस्सी ज्याकसनलाई पाँच बर्षसम्मको कैद सजाय हुने भएको छ । उनीमाथि एक अभियानका लागि आएको रकम मध्ये सात लाख ५० हजार अमेरिकी डलर हिनामिना गरको आरोप छ । ज्याकसन नगारिक अधिकार कर्मी रेभ जेस्सी ज्याकसनका छोरा हुन् । ज्याकसनले उक्त रकम निजी प्रयोजनका लागि खर्च गरेको तथा उनले त्यसको कुनै विवरण पनि पेश नगरेको बताईएको छ । ज्याकसन आफ्ना परिवार सहित अदालमा उपस्थित थिए । अदालती दस्तावेज अनुसार उनकी पत्नीले सन् २००५ देखि २०११ बिचमा गरेको ६ लाख अमेरिकी डलरको आम्दानीको व्यहोरा नबुझाएको स्विकारेकी छिन् । उनकी पत्नीलाई समेत अदालतले १ वा २ बर्ष कैद तथा जरिवाना गर्ने जनाएको छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI