Responsive Ad Slot

latest

मूल्यवृद्धि पूर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलन जारी

Thursday, February 14

/ by Unknown

काठमाडौँ, फागुन ३ - खाना पकाउने एलपी ग्यासमा गरिएको भारी मूल्यवृद्धिको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले आज पनि विरोध प्रदर्शन गरेका छन्। हाललाई स्थगन गरिएको ग्यासको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने र विद्यार्थी सहुलियत कार्ड तत्काल कार्यान्वयन गरिनुपर्ने माग गर्दै अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घलगायतका विद्यार्थी सङ्गठनले बिहान ८ बजेदेखि १० बजेसम्म उपत्यकाका विभिन्न क्याम्पसअगाडि चक्काजाम र प्रदर्शन गरेका हुन्।  विद्यार्थीको प्रदर्शनका कारण उपत्यकाका क्याम्पस क्षेत्रको सडक दुई घन्टा अवरुद्ध भएको थियो।सरकारले मुल्यवृद्धि स्थगन गरेको भए पनि त्यो पूर्ण रुपमा फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने नेविसङ्घका प्रवक्ता युपी लामिछानेले बताए । 
Don't Miss
© all rights reserved
made with by netKUTI