Responsive Ad Slot

latest

एमाले केन्द्रीय समितिको आकस्मिक बैठक जारी

Friday, February 15

/ by Unknown

४ फागुन, काठमाण्डौं । सरकारको नेतृत्वका विषयमा निर्णय लिन नेकपा एमालेले केन्द्रीय कमिटीको आकस्मिक बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा जारी बैठकमा प्रधानन्यायाधीशलाई प्रधानमान्त्रीमा समर्थन गर्नुपर्ने विषय समेटिएको प्रस्ताव अध्यक्ष झलनाथ खनाल पेस गर्नुहुने छ । बैठकमा अध्यक्षको प्रस्ताव माथि छलफल गरेर अन्तिम निर्णयमा पुगिने एमालेले बनाएको छ ।
एमालेमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा विवाद रहेको छ । अध्यक्ष खनाल, उपाध्यक्ष वामदेव गौतम लगायतका नेताहरु समर्थमा रहेका छन् भने नेपा केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने अडानमा छन् ।
आजैको बैठकमा प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने विषयमा केही केन्द्रीय सदस्यले औपचारीक प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उनीहरुले दलभित्रैबाट प्रधानमन्त्री बनाउन आग्रह गर्दै लिखित प्रस्ताव पेस गर्न लागेको र विपक्षी दलबाट सम्भव नभए एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव रहेको केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI