जाजरकोट, १२ फागुन ÷ जाजरकोट
खलंगा सदरमुकाममा
गिट्टी कुटुदै
गर्दा माथि
वाट आएको
ढिस्कोले पुरिएर
मृत्युभएका रुकुम कोटजहारी ९ घर्तीकाडाका
परे कामीको
पोष्टमाटम हुन नसक्दा सव गन्हाउन
थालेको छ
। जिल्ला
स्वास्थ्य कार्यालयमा चिकिस्सक नुहदा समयमा
पोष्टमाटम हुन नसके पछि लास
गन्हाउन थालेको
हो ।
जिल्ला अस्पताल
जाजरकोटका एक मात्र चिकित्सक डा.विवेककुमार लाल
गोष्ठीमा नेपालगञ्ज
जानुभएको र
उहाँ १५
गते पछि
मात्र आउने
जनाएपछि पोष्टमाटम
हुन नसकेको
हो ।
छिमेकी जिल्ला
रुकुममा समेत
चिकित्सक नहुदा
पोष्टमार्टम कार्य अनिश्चित बनेको छ
। यसरी
ढिस्कोले पुिरएर
मरेको सवैलाई
थाह हुदा
हुदै पनि
मोष्मार्टम गनै पर्ने कानुनी बाध्यताका
कारण समस्या
भएको छ
। यस्तो
अवस्थामा पिडित
पक्ष र
प्रहरीको सल्लाहमा
मुचुल्का गरेर
लास सेलाउन
सकिने डा.
लालको भनाई
छ ।
३ जना
चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा एक जना मात्र
चिकित्सक कार्यरत
रहेको र
उहाँ घरविदा
वा तालिम
गोष्ठीमा जाँदा
हरेक पटक
पोष्टमार्टम लगायतका समस्या आउने गरेका
छन् ।
यता निमित्त
प्रमुख जिल्ला
अधिकारी हरिप्रसाद
शर्माले समस्या
समाधानका लागी
सम्बन्धित निकाय सँग आवश्यक परामर्श
भैरहेको जानकारी
दिनुभयो ।