Responsive Ad Slot

latest

प्रमुख ४ दल राजनीतिक छलफलमा

Tuesday, February 12

/ by Unknown

१ फागुन, काठमाण्डौं । चाँडो राजनीतिक गतिरोध अन्त्य गरी आगामी जेठ १५ भित्रै निर्वाचन गर्ने सहमति गरेका प्रमुख चारका शीर्ष नेताहरु आज पनि आन्तरिक र द्विपक्षीय छलफलमा जुट्ने भएका छन् । सोमबार साँझ राष्ट्रपतिसँग छलफल गरी वार्ता र सम्बाद सकारात्मक भएको भन्दै निस्केका दलका नेताहरुले मंगलबार आन्तरिक छलफल गरी अपरान्ह ४ बजे चारदलबीच छलफल गर्ने बताएका छन् ।चार दलको बैठक काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बस्ने छ । बैठकमा एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीका लागि बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रस्ताव गरेपछि सोही प्रस्तावका बारेमा छलफल गर्ने नेताहरुले बताएका छ ।चार दलको छलफल पछि आजै साँझ पाँच बजे राष्ट्रपतिसँग पुनः परामर्श गर्ने भएका छन् । राष्ट्रपतिसँगको छलफलका लागि एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु शीतल निवास जानेछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI