Responsive Ad Slot

latest

कैदी, बन्दीहरुको झगडापछि चौकीदार, नाइके हटाइए

Thursday, February 21

/ by Unknown

१० फागुन, उदयपुर । जिल्ला कारागार उदयपुरमा कैदीबन्दीहरुबीच झगडा भएपछि कारागारभित्रका चौकीदार तथा नाइकेहरु हटाइएका छन् ।बुधबार दिउँसो कारागारभित्र कैदीबन्दीहरुबीच झगडा हुँदा छजना घाइते भएका थिए । उनीहरुलाई उपचारपछि केहीलाई कारागारमा र केहीलाई जिल्ला प्रहरी कार्यालयमा पाठाइएको कारागार शाखाले जनाएको छ ।चौकीदार तथा नाइकेहरुको गुट-उपगुटका कारण पुनः झगडा हुनसक्ने सम्भावना बढेपछि चौकीदार, दीपेन शुब्बा, नाइकेहरु विष्णु धामी, समशेरबहादुर मगर, सहायक नाइके विदुर भट्टराईलगायतलाई पदबाट समेत हटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI