Responsive Ad Slot

latest

जन्ती बोकेको गाडी पल्टदा एकको मृत्यु, २१घाइते

Tuesday, February 19

/ by Admin BHOLA THAPA

दिपक शर्मा 
बर्दिया, ८ फागुन/ जन्ती बोकेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु गएको छ भने दर्जनौं घाइते भएका छन् ।

बर्दियाको कालिका गाविसबाट जन्ति बोकेर बर्दियाको बगहीतर्फ जाँदै गरेको ना ३ ख ६२३०  नम्बरको बस बर्दियाको तुल्सिपुरमा दुर्घटना हुँदा बर्दियाको मोतिपुर गविस–७  निवासी २० वर्षीय जगतबहादुर चौधरीको जिल्ला अस्पताल लैजार्दै गर्दा बाटोमै मृत्यु गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको छ । अन्य १४ जना घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

गाडीचालक फरार भएको प्रहरीले बताएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI