Responsive Ad Slot

latest

कोपा डेल रे कपमा वार्सीलोनाको नमीठो हार

Wednesday, February 27

/ by Unknown
कोपा डेल रे कपमा वार्सीलोनाको नमीठो हार

फागुन १६ स्पेनिस घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे कपको सेमिफाइनलको दोश्रो लेगमा बार्सीलोनाले रियल मड्रीडसँग ३–१ को नमीठो हार वेहोरेको छ ।  बासिर्लोनाको मैदान क्याम्प नुमा गएराती सम्पन्न खेलमा रियाल मड्रीडले बार्सिलोनालाई ३–१  गोलअन्तरले पराजीत गर्दै फाइनल प्रवेशको बाटो केही सहज बनाएको छ ।खेलको पहिलो हाफमा जेरार्ड पिकको फलमा पेनाल्टीको अवसर पाएका क्रिष्टयानो रोनाल्डोले रियलका लागी सुरुवाती गोल गरेका हुन् । त्यसपछि ,दोस्रो हाफमा रोनाल्डोले रियलका लागी दोस्रो गोल थपे भने राफेल भाराने ले १ गोल योगदान दिए ।  बार्सीलोनाका लागी १ मात्र सान्त्वना गोल जोर्डी अल्वाले गरेका हुन् ।  यसअघि भएको पहिलो लेगमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पनि अवे गोलका आधारमा बासिर्लोनाले खेलमा नियन्त्रण बनाएको छ । यो खेलसहित आगामी एक हप्ताभित्र रियाल मड्रीडले विभिन्न प्रतियोगितामा गरि तीन मूख्य खेल खेल्ने छ । यी खेल मध्ये कुनै एकमा पनि पराजय बेहोर्नु भनेको रियालको उपाधि यात्रामा पूर्ण विराम लाग्नु हो । आगामी शनिबार रियालले स्पेनिस फुटबल लिग ला लिगामा बासिर्लोनाकै सामना गर्दैछ ।
Don't Miss
© all rights reserved
made with by netKUTI