Responsive Ad Slot

latest

नागढुंगा नौबिसे सडक नयाँ प्रबिधिबाट मर्मत

Saturday, February 9

/ by Unknown

धादिङ, माघ २७  – वर्षेनी बिग्रिएर गाडीको आवतजावत प्रभावित हुँदै आएपछि नागढुंगा नौबिसे सडक नयाँ प्रबिधिबाट मर्मत गरिएको छ ।पटक पटक मर्मत गरेपनि सडकको कालोपत्रे नटिकेर हैरानी भएपछि नयाँ प्रविधि प्रयोग गरिएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।काठमाडौ आउने बायाँतर्फको लेनमा स्केरीफाई गरी तीस सेन्टिमिटरको नयाँ बेस राखी त्यसमाथि सात सेन्टिमिटरको बिटुमिन बोण्ड मेकाडम गरी चार सेन्टिमिटरको अस्फाल कंक्रिट राखिएको छ ।यस्तै कालोपत्रे नटिक्ने उकालो भागमा तारको जाली बिच्छाई अस्फाल कंक्रिट रेनफोर्समेन्ट भन्ने नयाँ प्रविधिको प्रयोग गरी कालोपत्रे गरिनुका साथै ठाउँठाउँमा आरसिसी ढलान समेत गरिएकोले सडक गुणस्तरीय र टिकाउ हुने डिभिजन सडक कार्यालय भरतुपरका इन्जिनियर राजदेव शाहले बताउनुभयो ।सडक मर्मतका लागि झण्डै ५ करोड रुपैयाँ खर्च भएको छ । सडकलाई पटक पटक बिग्रनबाट जोगाउन क्षमता भन्दा बढी भारका गाडीलाई नियन्त्रण गर्नुपर्नेमा प्राविधिकहरुले जोड दिएका छन् । 
नौविसे–नागढुंगा सडक टिकाउ बनाउन नयाँ प्रबिधि प्रयोग
Don't Miss
© all rights reserved
made with by netKUTI