Responsive Ad Slot

latest

मस्र्याङ्गदी सामुदायिक विद्या मन्दिर निमाविले नवौं वार्षिक उत्सव भव्य रुपले मनायो

Monday, February 18

/ by Unknown

आँबुखैरेनी, ७ फागुन ÷ मस्र्याङ्गदी सामुदायिक विद्या मन्दिर निम्न माध्यमिक विद्यालय आँबु–२, डिही तनहुँले आईतबार नवौं वार्षिक उत्सव भव्य रुपले मनाएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष बिष्णु हरि गौलीको अध्यक्षतामा भएको वार्षिक उत्सव समारोहमा जिल्ला शिक्षा अधिकारी हरि गौतम प्रमुख अथिती र श्रोत व्यक्ति रामचन्द्र अधिकारी विशेष अथिती रहनुभएको थियो । शिक्षिका संगिता कार्कीले संचालन गर्नुभएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सिताराम वाग्लेले रु. ३६ लाख ६७ हजार ३६ रुपैंया ६७ पैंसाको वार्षिक आयव्याय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा दाताहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । साथै, कार्यक्रममा विभिन्न खेलकुद विद्याका बिजेता विद्यार्थीहरु पुरस्कार वितरण गरिएको थियो, भने अकला सांस्कृतिक मञ्चले भजन प्रस्तुत गरेको बरादीबाट श्रीराम भट्टराईले जानकारी दिनुभयो । 
Don't Miss
© all rights reserved
made with by netKUTI