Responsive Ad Slot

latest

बाल शिक्षा सदनले अभिभावक दिवस भव्य रुपले मनायो

Wednesday, February 13

/ by Unknown

राम बहादुर धामी
आँबुखैरेनी,  २ फागुन ÷ तनहुँको आँबुखैरेनी स्थित बाल शिक्षा सदन माध्यमिक विद्यालयले ९ औं अभिभावक दिवस मंगलबार भव्य रुपले मनाएको छ । विद्यालयको प्राङ्गणमा एक कार्यक्रमकाबीच विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रमको साथमा सन्देशमुलक नाटकको आयोजना गरी अभिभावक दिवस भव्य रुपले मनाएको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती टक बहादुर गुरुङ्ग रहनुभएको थियो । अत्यन्त कुशल तवरले विद्यालयका शिक्षक बिमलबाबु रानाले संचालन गर्नुभएको अभिभावक दिवस कार्यक्रममा क्यापेटन ओम बहादुर थापा, नेपाल सिंह गुरुङ्ग, एक्टिभ ग्रिन ल्यान्ड बोर्डिङ्ग स्कुलका प्रिन्सिपल कपिल खनाल, बालज्योती आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल भगवान दास मल्ल लगायतको उपस्थिती रहेको थियो । यसैबीच, अभिभावक दिवसका अवसरमा बोल्ने बक्ताहरुले आँबुखैरेनीमा शिक्षा प्रणाली राम्रो भएपनि अझै शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने बताएका छन् । साथै, प्रयोगात्कक शिक्षामा जोड दिनुपर्ने सहभागिहरुले बताएका छन् ।

Don't Miss
© all rights reserved
made with by netKUTI