Responsive Ad Slot

latest

न्यायलयलाई उपयोग गर्दे माओवादी मुलुकमा अधिनायकवाद लाद्न खोज्दै छ –केन्द्रीय सदस्य भण्डारी

Saturday, February 9

/ by Unknown

IMG_0990
दमौली २७ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले एकीकृत नेकपा माओवादी अगाडि सारेको प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव काग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।न्यायलयलाई उपयोग गर्दे  माओवादी मुलुकमा अधिनायकवाद लाद्न खोज्दै छ ,त्यसैले काग्रेसलाई माआवादीको प्रस्ताव कुनै पनि हालतमा स्वीकार्य छैन केन्द्रीय सदस्य भण्डारीले भने ।राजनीतिक दलहरुबीच सहमति कायम गरेर मुलुकलाई निकास दिनुपर्ने बेलामा महाधिवेशनबाटै प्रधानन्याधीशलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु माओवादीको गम्भीर त्रुटी हो केन्द्रीय सदस्य भण्डारीले भने । प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेर प्रधानन्याधीशलाई माओवादीको कार्यकर्ता बनाउन खोजेको समेत केन्द्रीय सदस्य भण्डारीको भनाई छ । शनिबार संचारकर्मीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य भण्डारीले सो कुरा वताएका हुन् । माओवादीले अगाडि सारेको प्रस्तावका आधारमा प्रधानन्याधिशलाई प्रधानमन्त्री बनाउने हो भने मुलुकको न्याय क्षेत्र समेत ध्वस्त हुने समेत केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको थियो ।छिमेकी संगको सीमा सम्बन्धित विवाद जनमत संग्रह गरेर समाधान गर्छु भन्नु अत्यन्त लज्जाजनक विषय भएको र यसले नेपाली राष्ट्रिय माथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको केन्द्रीय सदस्य भण्डारीको भनाई थियो ।माओवादीको हेटौडा माओवादी महाधिवेशन  स्वयं माओवादी का कार्यकर्ताहरुका लागि समेत सार्थक नभएको अवस्थामा नेपाली जनताले महाधिवेशनबाट  अपेक्षा गर्नु व्यर्थ भएको केन्द्रीय सदस्य भण्डारीको टिप्पणी रहेको थियो ।मुलुकमा हरेक पटक संकट आइपर्दा जनता सडकमा उत्रिए पछि मात्र समस्या समाधान भएको हुँदा यस पटक पनि समस्या समाधान गर्न जनता सडकमा उत्रनु पर्ने केन्द्रीय सदस्य भण्डारीको भनाई थियो ।विपक्षी राजनीतिक दलको आन्दोलन प्रति जनसर्मथन बढ्दै गएका कारण आन्दोलनबाट नै वर्तमान सरकारको बर्हिगमन हुने केन्द्रीय सदस्य भण्डारीको भनाई थियो ।एकीकृत नेकपा माओवादी नसच्चिए सम्म मुलुकको राजनीति संक्रमणमा गुज्रिरहने हुँदा माओवादी सच्निुन अपरिहार्य भएको केन्द्रीय सदस्य भण्डारीको भनाई थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI